मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

डिसी नेपाल
८ भदौ २०७९ ६:३८
80
Shares

क्वालालम्पुर। मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। उच्च अदालतले उनको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो। सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो।

उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए। उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। आफूले कुनै गलत कार्य नगरेको उनले निरन्तर बताउँदै आएका छन्।

सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *