जापानमा कोभिडका कारण एक दिनमा ३४३ जनाको मृत्यु

डिसी नेपाल
८ भदौ २०७९ ७:४१
784
Shares

टोकियो। जापानमा कोभिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ। यहँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ। सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा बढी संक्रमित भएका छन् । जापानमा दैनिक कोभिड संक्रमितको संख्या ३ लाखसम्म पुगेको थियो ।

संक्रमितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *