भारतको ब्रह्मोस मिसाइल पाकिस्तानमा पुगेपछि तीन अधिकारी बर्खास्त
काठमाडौं । भारतको मिसाइल ‘गल्तीवश’ पाकिस्तानी भूभागमा खसेको विषयमा अनुसन्धान पूरा भएको छ । तीन अधिकारीले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर पालन नगर्दा अचानक मिसाइल प्रहार भएको अनुसन्धानले देखाएको छ ।
यी तीन अधिकारीलाई घटनाको जिम्मेवार ठहर गरिएको छ। केन्द्र सरकारले तत्काल प्रभावका साथ तीन अधिकारीको सेवा समाप्त गरेको छ। अधिकारीहरुलाई आज नै जागिरबाट हटाउने आदेश दिइएको छ ।
यसै वर्ष ९ मार्चमा भारतले ‘गल्तीले’ पाकिस्तानको भूभागमा ब्रह्मोस मिसाइल प्रहार गरेको थियो। यो मिसाइल पाकिस्तानको चान्नु क्षेत्रमा खसेको थियो ।
ब्रह्मोस मिसाइलले ध्वनीभन्दा तीन गुणा छिटो यात्रा गर्छ । यद्यपि यो मिसाइलमा वारहेड लोड गरिएको थिएन र यस घटनामा सीमाको दुबै तर्फ कोही घाइते भएनन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment