ताइवानकी राष्ट्रपतिले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिइन्
काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ्ग-वेनले ताइवानमा आक्रमणको बारेमा चेतावनी दिएकी छिन्। आक्रमण वा आक्रमणको प्रयासले ठूलो मूल्य चुकाउनु पर्ने र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिने उनले बताइन्।
राष्ट्रपति साई इङ्ग-वेनले सैन्य अधिकारीहरूलाई भनिन्, “हामीले दुश्मनलाई बुझाउनुपर्दछ कि ताइवानसँग देशको रक्षा गर्ने दृढ संकल्प र तयारी छ। ताइवानसँग पनि आफ्नो रक्षा गर्ने क्षमता छ।”
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रोशित भएको छ । यो भ्रमणपछि ताइवानमा तनाव उत्कर्षमा पुगेको छ । तर, विगत २५ वर्षमा अमेरिकाबाट यति उच्च हैसियतका व्यक्तिले ताइवान भ्रमण गरेका छैनन् ।
चीनले भ्रमणलाई “आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको गम्भीर उल्लंघन” भनेको छ र यसलाई “एक चीन नीति” लाई चुनौती भनेको छ।
यसैबीच, अमेरिकाले ताइवान नजिक चीनको सैन्य गतिविधिलाई “उत्तेजक कार्य” भनेर वर्णन गरेको छ र यसले क्षेत्रमा खतराको स्थिति सिर्जना गरिरहेको आरोप लगाएको छ।
अर्कोतर्फ चीनले अमेरिकालाई ‘आगोसँग नखेल्न’ आग्रह गरेको छ । चीनले ताइवानलाई एउटा छुट्टै प्रान्तको रूपमा हेर्छ जुन देशको मुख्य भूमिमा विलय हुने निश्चित छ।
तर अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा प्रस्तुत गर्दछ। यसमा लोकतान्त्रिक शासन प्रणाली छ, तर ताइवानले आधिकारिक रूपमा आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment