मस्कका अहिलेसम्म सार्वजनिक नभएका तस्बिरलाई प्रेमिकाले राखिन लिलामीमा

डिसी नेपाल
८ भदौ २०७९ १३:२०
320
Shares

न्युयोर्क। एलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन्। सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन्।

त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए। इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार सुश्री ग्विनले आफ्नो सौतेनी छोराको शिक्षाको लागि रकम जुटाउन फोटोहरू लिलामी गर्दैछिन्।

मस्कसँग उनको सम्बन्ध एक वर्षसम्म चलेकोे थियो। ४८ वर्षकी ग्विन संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलिनामा बस्छिन्। उनले लिलामीका लागि राखेका तस्बिरहरूमा मस्क विश्वविद्यालय क्याम्पसको वरिपरि रमाइलो गर्दै साथीहरूसँग कोठामा सुतेको र कम्प्युटरमा काम गरिरहेको देखाइएको छ।

यी तस्बिरहरू आरआर लिलामीद्वारा अनलाइन राखिएका छन्, जसमध्ये अधिकांशको न्यूनतम कबोल १०० बाट सुरु हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *