आँधीले अमेरिकाका ८ हजार उडान रद्द

डिसी नेपाल
८ भदौ २०७९ १४:५७
192
Shares

न्युयोर्क। टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ। वासिंगटन पोस्टको रिपोर्ट अनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन्।

प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोस्टले जनाएको छ। अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरू ढिलो भएका छन साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन्।

खराब मौसमका कारण जेटब्लुको ५२ प्रतिशत उडान तालिका पनि अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *