दाङमा १७ वर्षीया किशोरी बलात्कृत

डिसी नेपाल
१२ भदौ २०७९ १२:३१
112
Shares

दाङ। दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *