फेसबुकमा मेयर उपमेयर हराएको भन्दै लेख्ने विर्तामोडवाट पक्राउ
सांकेतिक तस्बिर
झापा। सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको हो। उनले विर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाइ छ।
घरबाटै नियन्त्रणमा लिईएका बिमलीलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ।
शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद संग्राैलाको तस्वीर राखेर मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment