लिच्छवि हाउसको भूमिपूजामा गुञ्जिए गायक विपुल क्षेत्री र सुकर्म ब्यान्ड

डिसी नेपाल
१३ भदौ २०७९ १३:३७
32
Shares

काठमाडौं। बौद्धस्थित लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रममा गायक विपुल क्षेत्री र सुकर्म ब्यान्डले प्रस्तुति दिएका छन्।

अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए।

विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्यसमेत रहेका विपुलले आफ्ना हिट गीतहरु प्रस्तुत गरे । हावा चल्यो यहाँ बेस्सरी, हल्लियो बाँसघारी, उडी जाउँ भने, चरी म हैन बस्न पनि यहाँ मन छैन लगायत हिट गीत उनले गाए। स्टेज उक्लिदै गर्दा जन्मोत्सवको शुभकामना पाएका विपुलको प्रफुल्लता गीतसंगीतमा देखिन्थ्यो।

पंचतारा चर्या नृत्य र बर्था गन्धर्वले सारंगी रेटेर केही गीत गाएपछि कार्यक्रमको मध्यतिर विपुल गितार बोकेर स्टेजमा देखिएका विपुलले युवापुस्तालाई नचाउँन सफल भए । विपुलसँगै सुकर्म ब्यान्डले पनि प्रस्तुति दियो।

कार्यक्रममा गीतसंगीतसँगै सन्देशमूलक नाटक ‘इफ वी डन्ट लाइक गडः हु विल बी’ मञ्चन गरियो। बौद्धमा साढे दुई रोपनी क्षेत्रफलमा बन्न लागेको लिच्छवि हाउसलाई सबै कलाप्रेमको पूजनीय स्थल बनाउन लागिएको फिल्म अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए।

उनका अनुसार भवनमा कलाका सबै विधालाई समेटिने छ। ‘भवनलाई नाटक, पेन्टिङ, कविता, थांका, तालिम केन्द्र, थिएटर र ग्यालरीको रूपमा विकास गरिने भएको छ। साथै, पाहुना गृह, क्याफे पनि बनाइने भएको छ,’ अभिनेता बानियाँले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *