निर्वाचन नजिकिदै जाँदा राप्रपा प्रवेश गर्ने क्रम बढ्यो
काठमाडौं । चुनाव नजिकिदै जाँदा राप्रपा प्रवेश गर्ने लहर चलेको छ । दिनहुँजसो पार्टी प्रवेश कार्यक्रममा व्यस्त हुने गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कचनकबल गाउँपालिकामा गत स्थानीय तहमा माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारलाई पार्टीमा प्रवेश गराएकै दिन काठमाडौंमा अर्को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आइपुगे ।
काठमाडौंमा जनता समाजवादी पार्टी नेपालको राज्य समिति सदस्य तथा काठमाडौ जिल्ला सचिव रहर बहादुर खड्का, महिला संगठन केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सदस्य अनुराधा सिलवाल लगायत ५४ जनालाई आज राप्रपामा प्रवेश गराएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment