नागरिक विधेयकमा दलहरुलाई साझा धारणा बनाउन राष्ट्रपतिको आग्रह

डिसी नेपाल
१३ भदौ २०७९ २०:५६
200
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए।

भेटमा राष्ट्रपति भण्डारीले नागरिक विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा दलहरुलाई साझा धारणा बनाउन आग्रह गरेको उनले बताए । यसैगरी प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

राष्ट्रपति भण्डारीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गरेको प्रमख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

नागरिकतासम्बन्धी विधेयक दुवै सदनबाट पारित भई सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको सन्देशसहित सङ्घीय संसद्मै फिर्ता पठाएकी थिइन् । विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाले विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.