विभिन्न मन्त्रालयका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

डिसी नेपाल
१४ भदौ २०७९ १७:०७
72
Shares

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना र आयोजना सञ्चालन गर्नका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। जसमा पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकका विभिन्न १२ वटा निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गरेका छन् ।

सरकारले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिएको छ ।

यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.