लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा
एजेन्सी। बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन्। ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए। यद्यपि फिल्म उनको आशामा निराशा बन्यो। फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ।
फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ। ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन। यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन्।
फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन्।
‘यदि आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैयाँ नोक्सान हुन्छ। यस्तो अवस्थामा आमिरले आफैं नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन्। यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नुपर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ।
आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैंले लिएका छन्। उनले फ्लपको दोष अरु कसैलाई नजाओस् भन्ने चाहेका छन्। ‘फिल्मका लागि उनले चार वर्ष समय दिए, तर उनले एक पैसा पनि कमाएनन् । फिल्मका लागि उनको पारिश्रमिक सय करोडमाथि थियो। तर असफलताको जिम्मेवारी लिँदै उनले सबै नोक्सानको आफैं भरपाई गर्ने निर्णय लिएका छन्’, स्रोतले भनेको छ ।
रक्षाबन्धनमा रिलिज फिल्ममा आमिरका अलावा करीना कपूर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment