दिनेश सुनारले त्यागे जसपा, स्वतन्त्र बनेको घोषणा

डिसी नेपाल
१६ भदौ २०७९ ११:४३
168
Shares

अर्घाखाँची। जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिवालय सदस्यसमेत रहेका दिनेश सुनारले पार्टी परित्याग गरेका छन्। नेपालको राजनीतिक गलत बाटोमा लागेको बताउँदै सुनारले पार्टीका कुनै पनि समिति तथा पार्टी सम्बद्ध कुनै पनि भ्रातृसंस्थामा नरहेको घोषणा गरेका हुन्।

वैकल्पिक पार्टी भनिएकाहरू पनि व्यक्तिवादमा चुर्लुम्म फसेको सुनारको आरोप छ। ‘विशेषगरी वैकल्पिक शक्तिहरूबाट मलाई केही अपेक्षा थियो,’ सुनारले भने, ‘तर, वैकल्पिक भनिएकाहरू पनि परिवारवाद र व्यक्तिवाद भन्दा माथि उठेको देखिएन।’

जसपा निकट प्रेस मन्च नेपालको केन्द्रीय सदस्य समेत रहेका सुनारले ठिक दल नभेटिएसम्मको लागि दलीय आवद्धता त्यागेकोसमेत उल्लेख गरेका छन्।

बाबुराम भट्टराई र उपेन्द्र यादव एकैठाउँ रहँदा राजनीतिमा सक्रिय रहेका सुनार पार्टी विभाजनपछि भने मौन बसेका थिए। मौन रहेका सुनारले कुनै पनि पक्षमा नलागी स्वतन्त्र बनेको घोषणा गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.