शनिबार नैनाको विशेष प्रदर्शनी
काठमाडौं। गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’ को भोलि शनिबार राष्ट्रिय नाँचघरमा विशेष प्रदर्शन हुने भएको छ। दीप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ।
दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन्। सुरज गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङ, कुमार समरी घले, टेकबहादुर गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा छ।
मधुर बस्नेतको छायांकन रहेको फिल्ममा मेकबहादुर थापाको सम्पादन छ। फिल्ममा पवन रानाको संगीत, जितेन्द्र क्षेत्रीको शब्द छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment