सञ्जय मातेर श्रीदेवीको कोठामा पुगेपछि…
मुम्बई। अभिनेत्री श्रीदेवी अहिले हामी बीच छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ। अभिनेत्री श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ। सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन्। तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन्।
यो घटना फिल्म ‘हिम्मतवाला’को सुटिङसँग सम्बन्धित हो। फिल्मको सुटिङ मुम्बईमा भइरहेको थियो। यो कुरा थाहा पाएका सञ्जय श्रीदेवीलाई भेट्न मुम्बई पुगे।
सञ्जय मातेर श्रीदेवीलाई भेट्न पुगेका थिए। तर, त्यहाँ सेटमा श्रीदेवीलाई उनले भेटेनन्। युनिटका एक सदस्यले श्रीदेवी आफ्नो कोठामा रहेको जानकारी दिए। यो कुरा सुनेका सञ्जय कोठामा पुगे। मातेर पुगेका सञ्जयलाई देखेपछि श्रीदेवी डराएर चिच्याउन थालिन्।
यो घटनाको चर्चा निकै भएको थियो। यो समय सञ्जय सफलता पाउनका लागि संघर्षरत थिए। सञ्जय लोकप्रिय भएपछि उनले फिल्म ‘गुमराह’मा श्रीदेवीका साथ काम गरेका थिए। तर यो फिल्मको सुटिङ भइरहँदा उनीहरु बोलेनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment