ढुंगा गिट्टीको ठेक्का लगाउँदा भ्रष्टाचार, तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१९ भदौ २०७९ १५:३५
4
Shares

काठमाडौं
ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

उनीहरुले ठेक्का लगाउँदा सरकारलाई १७ लाख ४० हजार ६६ रुपैयाँ हानी नोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो।

प्रदेश सरकारले कानूनबमोजिम तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनु पर्नेमा सो नगरी बिक्री वितरण दर कम निर्धारण गरी राजस्व संकलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

तत्कालिन उपप्रमुख खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशीराम शर्माविरुद्ध मुद्धा दर्ता गरेको आयोगले जनाएको छ। उनीहरुविरुद्ध ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगोसमेत माग दाबी लिईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *