विश्वका ८ हजार थिएटरमा ब्रह्मास्त्र

डिसी नेपाल
२० भदौ २०७९ ११:०३
2.5k
Shares

एजेन्सी। करण जोहार प्रोडक्सनमा निर्माण भएको फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको अन्तिम घडीमा छ। फिल्मले सेप्टेम्बर २ एडभान्स बुकिङ खुला गरिसकेको छ। टुडी, थ्रीडी र आइमेक्स थ्रीडी फम्र्याटमा फिल्म रिलिज हुँदै छ।

डिज्नी स्टारको कन्ट्री मेनेजर तथा अध्यक्ष के माधवनका अनुसार फिल्म विश्वका ८ हजार स्क्रिनमा रिलिज हुँदै छ। भारतमा यो फिल्म ५ हजार र अन्य मुलुकमा ३ हजार पर्दामा रिलिज हुँदैछ। उनले बलिउडको इतिहासमा एकसाथ सर्वाधिक धेरै पर्दामा रिलिज हुने फिल्म रहेको बताए।

स्टार स्टूडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाईट पिक्चर्सले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुँदै छ। फिल्ममा अमिताभ बच्चन, रणवीर कपुर ,आलिया भट्ट, मौनी रोय र नागार्जुन अक्किनेनीलगायतको अभिनय छ। फिल्ममा अभिनेता शाहरुख खान केमियो गर्दैछन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *