मधुमेहका बिरामीले यी ३ चिज दुधमा मिसाएर सेवन गर्दा रहन्छ सुगर लेभल नियन्त्रणमा
काठमाडौँ। मधुमेहले विश्वभरि नै मानिसलाई आफ्नो सिकार बनाइरहेको छ। अहिलेको समयमा मधुमेह एउटा सामान्य रोगहरु मध्ये एक हो। मधुमेहले शरीरमा इन्सुलिनको स्तरलाई प्रत्यक्ष प्रभावित गर्ने गर्दछ। मधुमेहमा धेरै खानेकुरा र पेय पदार्थहरू निषेधित छन्। मधुमेह भएका बिरामीले आफ्नो खानपानमा सधैं ध्यान दिनु पर्दछ।
वास्तवमा मधुमेहको कुनै उपचार छैन, यसलाई खानपान र जीवनशैलीमा परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ। मधुमेहका बिरामीले विशेषगरी मिठाई र मैदाले बनेको परिकारबाट टाढा रहनुपर्छ । दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मधुमेह रोगीले दुधमा यी तीन चिज मिसाएर सेवन गर्नु निकै राम्रो मानिन्छ ।
बेसार दूध
दुधमा बेसार मिसेर पिउनु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ, यो हामी सबैलाई थाहा छ । तर के तपाईलाई थाहा छ बेसारको दूध खाएमा मधुमेह नियन्त्रण गर्न सकिन्छ ? बेसारमा यस्ता धेरै तत्व पाइन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । बेसारमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी र औषधीय गुणहरू भरिपूर्ण पाइन्छ। दूधमा बेसार मिसाएर पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ।
दालचीनी दूध
दालचीनी एक यस्तो मसला हो, जुन कुनै पनि खानाको स्वाद र सुगन्ध बढाउन प्रयोग गरिन्छ। दालचीनीमा क्याल्सियम, आइरन, पोटासियम, भिटामिन, बिटा क्यारोटिन, अल्फा क्यारोटिन, लाइकोपीन, एन्टी-अक्सिडेन्ट, एन्टि-इन्फ्लेमेटरी र एन्टी ब्याक्टेरियल गुणहरू हुन्छन्। दालचीनीको दूध पिउनाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
बादाम दूध
बदाम स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। बदाममा क्याल्सियम, आइरन, फाइबर, प्रोटिनको गुण पाइन्छ, जसले शरीरलाई धेरै समस्याबाट बचाउन सहयोगी गर्दछ। बदामको दूध पिउनाले मस्तिष्क तेजिलो हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ र मधुमेह नियन्त्रण गर्न सकिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment