बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै

डिसी नेपाल
२२ भदौ २०७९ ११:२३
120
Shares

काठमाडौँ। सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी साँझको आयोजना गर्ने भएका छन्। विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ।

मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाउने छन्। चार दर्जनभन्दा बढी गीतहरूमा आवाज सँगै सङ्गीत रचना उनी आफ्नो कलामार्फत् विभिन्न सारंगीको धुन र गीतमार्फत् बेलायतबासीलाई मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन्।

उनी गाएक मात्र नभई सारंगी वादक भएको नाताले आफ्नो चलिरहेको कार्यक्रम सारंगीसँग चर्चित कार्यक्रम छायांकन सँगै आफू र सँगै आएका गायिका विमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुती रहनेछ। उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फूल रोको कसले देख्छ र, कर्मै हाराको, रेलको ढोका बनलागायत झलकमान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा विमला र हेमन्तले लाइभ दोहोरी गाएर सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताए।

म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले यस कार्यक्रम गर्नुको विषेश उद्देश्य भनेकै सारंगीको संरक्षण रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *