प्रहरीले भन्योः सन्दिपले पटक-पटक बलात्कार गर्ने होटलको कोठा नम्बर ३०५

डिसी नेपाल
२२ भदौ २०७९ ११:५३
6.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ।

विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा भदौ ५ गते बेलुका ११ः५५ र १२ः२५ बजे बलात्कार गरेको जाहेरी परेको उल्लेख छ।

विज्ञप्तिमा जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको उल्लेख छ।

विज्ञप्ति अनुसार अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको उल्लेख छ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.