प्रहरीलाई घुस दिन खोजेपछि…

डिसी नेपाल
२३ भदौ २०७९ १२:४९

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा १ युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई बुधवार राति पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनलाई कारबाही गरिएको थियो । त्यसक्रममा प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.