ब्राउनसुगरसहित १ किशोर पक्राउ
झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो।
उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको थियो। प्रतिबन्धित ब्राउनसुगर बरामद भएसँगै दासको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment