अलग्गिए हनी सिंह र शालिनी
मुम्बई। पञ्जाबी गायक यो यो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ। दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको छ। हनीले ‘एलिमनी’का रुपमा १ करोड रुपैंयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिएका छन्।
अदालतमा बिहीबार हनी र शालिनीको बीच काउन्टर एलिगेसन पछि मामला टुंगो लागेको हो। त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ सन् २०२३ मार्च २० मा हुनेछ। जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ।
शालिनीले गत वर्ष अगस्ट ३ मा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन्। उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन्। शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातनामात्र दिएको दाबी गरेकी छन्।
शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाउकी थिइन्। शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताएकी थिइन्। शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन्।
हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गरेका थिए। उनीहरु बाल्यकालदेखि नै एकअर्कालाई चिन्दथे र एकै विद्यालयमा पढ्थे।
शालिनीले आफूलाई आरोप लगाए पनि हनीले अगस्ट ६ मा सामाजिक सञ्जालमा पोस्ट लेखेका थिए। उनले आफूमाथि लगाएको आरोप अस्वीकार गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment