३० हजार रुपैयाँ घुस लिएकी कम्प्युटर अधिकृतलाई भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२७ भदौ २०७९ १६:५१

काठमाडौं । सेवाग्राहीसँग रंगेहात घुस रकम सहित पक्राउ परेकी कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत उनले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनापछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको थियो । उनीविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग उनले ३० हजार रुपैयाँ मागेको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले गत साउन १८ गते प्रधानलाई पैसा लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.