७२ लाख रुपैयाँ अवैध रकमसहित बोर्डरबाट पक्राउ परे सुभाष
नेपाल । स्रोत नखुलेको ७२ लाखसहित १ नेपाली पक्राउ परेका छन् । नेपाल–भारत सीमा सुनौलीबाट सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित उनी पक्राउ परेका हुन् ।
सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment