भोजपुरका साढे १६ हजार बालबालिकाले लगाए फाइजर खोप
भोजपुर। यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप दिइएको छ। कोरोनाको रोकथामको लागि यहाँका हालसम्म १६ हजार ५२४ बालबालिकाले खोप लगाएका छन्।
खोप दिने लक्षित पाँचदेखि ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए।
पहिला मात्र खोप लगाएकाहरुका लागि पुनः दोश्रो मात्राको खोप अभियान संचालन गर्न लागिएको बुढाथोकीले बताए । भदौ २७ गतेबाट दोश्रो चरणको अभियान सुरु भएको छ। खोपका लागि तोकिएको उमेर समूह बिद्यालयमा बढी हुने भएकाले बिद्यालय र स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र कायम गरिएको छ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भोजपुरमा अहिलेसम्म एक लाख सात हजार सात ७५४ जनाले कोरोना बिरुद्धको खोप लगाई सकेका छन् । खोपबाट बञ्चित नहुन भन्नका लागि जिल्ला अस्पतालमासमेत हप्तामा एक दिन खोप लगाउने व्यवस्था लिमाइएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
No ads found for this position


Facebook Comment