मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने
काठमाडौँ। थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टुरिजम’ मा नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छन्।
‘मिसेस टुरिजम’ को लागि नेपाली आधिकारी संस्था इ प्लानेटले काठमाडौंमा एक कार्यक्रमकाबीच तुलाधरलाई ‘मिसेन टुरिजम नेपाल २०२२’ को क्राउन पहिर्याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो।
तुलाधरलाई सन् २०१९ की ‘मिसेस युनिभर्स नेपाल’ अनिला श्रेष्ठले क्राउन लगाइदिएकी थिइन्। काठमाडौं निवासी दुई सन्तानकी आमा तुलाधारले क्राउनले आफुलाई जिम्मबेवारी थपिएको महसुस भएको बताइन्।
उनी सेप्टेम्बर २३ मा नेपालबाट थाइल्याण्ड प्रस्थान गर्नेछिन्। विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रियताको भावना अभिवृद्धि गर्ने उदेश्यका साथ ‘मिसेस टुरिजम’ को फ्रेन्चाई नेपालमा भित्र्याएको आयोजक ई प्लानेट नेपालका सन्तोष सापकोटाले बताए। ग्रिन आर्टस मिडियाले म्यानेजमेन्ट गरेको प्रतियोगितामा नेपा डान्स एकडेमीको सहयोग रहेको थियो।
क्राउनिङ कार्यक्रममा रोजिन शाक्य (इन्टरनेसनल कोरियोग्राफर), मिसेस रोहिया महरजन (इन्टरनेसन डान्स कोरियाग्राफर), मिसेस परी परिन्दा श्रेष्ठ (मिसेस हेरिटेज नेपाल २०२२), प्रविन लाकौल (सिईओ–ग्रिन आट्स मिडिया) लगायतको उपस्थिति थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment