शाहरुखको नयाँ फिल्म ‘जवान’ को एक्सन सिक्वेन्समा दुई सय महिला
मुम्बई। बलिउड अभिनेता शाहरुख खान हालै रिलिज फिल्म ‘ब्रह्मास्त्र’ केमियो भूमिकामा देखिएका थिए। उनको भूमिकालाई दर्शकले मन पनि पराए। यसबाहेक उनी ‘लाल सिंह चड्डा’मा पनि केमियोमै थिए।
शाहरुख पछिल्लोपटक सन् २०१८ मा फिल्म ‘जीरो’ मा प्रमुख भूमिकामा देखिएका थिए। सन् २०२३ मा यी अभिनेता तीन फिल्ममा देखिँदैछन्। जसमा फिल्म ‘जवान’ पनि छ।
समाचारअनुसार शाहरुखको ‘जवान’ को एक्सन सिक्वेन्सको सुटिङमा दुई सय महिला हुनेछन्। शाहरुख यसै साता इटली कुमारको निर्देशनमा बनिरहेको फिल्मको एक एक्सन दृश्य चेन्नईमा सुटिङ गर्दैछन्। यसका लागि मुम्बईमा ठूलो सेट बनाइएको छ भने दुई सयदेखि दुई सय ५० जनासम्म महिला प्रबद्र्धन अधिकारीको भीड जम्मा गरिनेछ।
यो एक्सन सिक्वेन्स सात दिनसम्म छायांकन गरिनेछ। त्यसपछि बाँकी तीन हप्ताका लागि शाहरुख फिल्मका अन्य दृश्य सुटिङमा व्यस्त हुनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment