महानगर अगाडी फुटपाथ व्यापारीको धर्ना {भिडियोसहित}

डिसी नेपाल
३० भदौ २०७९ १५:००

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् ।

फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् । नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले हामीलाई बाच्न देउ, स्वरोजगार श्रमिकलाई पञ्जिकरण गर, सडकमा व्यापार गर्नु रहर होईन बाध्यता हो, सन्ध्याकालीन बजारको व्यवस्थापन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

फुटपाथमा व्यापार गर्दा पैदल यात्रीलाई समस्या भएको भन्दै महानगरले व्यापार गर्न रोक लगाएको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *