पञ्जाबी गायक दलेर मेहन्दीलाई जमानत

डिसी नेपाल
३१ भदौ २०७९ १०:१९
172
Shares

मुम्बई। मानव तस्करी मामलामा जेलमा रहेका बलिउडका लोकप्रिय तथा प्रख्यात पञ्जाबी गायक दलेर मेहन्दीलाई हरियाणा हाईकोर्टले जमानत दिएको छ। पटियाला हाई कोर्टले सुनाएको सजायमा रोक लगाउँदै पञ्जाब र हरियाणा हाईकोर्टल दलेरको जमानता निवेदनलाई स्वीकृति दिएको हो।

गत जुलाई १४ मा दलेरलाई पटियाला प्रहरीले पक्राउ गरेको थियो। गत तीन महिनायता दलेर जेलमा कैद थिए। १९ वर्ष पुरानो मानव तस्करी मुद्धामा पटियालाको ट्रायल कोर्टले सन् २०१८ मा दलेरलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

यद्यपि त्यो समयमा दलेरले जमानत पाएका थिए । तर यसपटक भने दलेरले पटियालाका एडिसनल सेशन जजको अगाडि अपिल दर्ता गरेर चुनौती दिएका थिए। चार वर्षसम्म अपिलमा भएको सुनुवाईपछि कोर्टले १४ जुलाई २०२२ मा उनको अपिललाई खारेज गर्दा जेल सजाय सुनाएको थियो।

अपिल खारेजपछि दलेरले हाई कोर्टमा रिभीजन पिटीशन दायर गरेर अदालतको निर्णयलाई चुनौती दिएका थिए। त्यही दायर पिटीशनको सुनुवाई गर्दै गायकलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।

१९ वर्ष अघि दलेर र उनका भाई शमशेर सिंहमाथि बक्शी सिंह नामका एक व्यक्तिले पटियाला सदर थानामा उजुरी दिएका थिए। उजुरीमा दलेर र उनका भाईले आफ्नो मण्डली सदस्यका रुपमा केही व्यक्तिलाई अवैध रुपमा विदेश पठाउनका लागि मोटो रकम असुलेको आरोप लगाइएको थियो।

सन् २००३ मा सदर पुलिस स्टेसनमा दर्ता पहिलो निवेदन अनुसार मेहन्दी दाजुभाईले सन् १९९८ र १९९९ मा दुई मण्डली लिएका थिए । यो बेला १० व्यक्तिलाई समूह सदस्यका रुपमा अमेरिका लगिएको थियो र अवैध रुपमा त्यही छोडिएको थियो।

पहिलो उजुरी दर्ता पछि प्रहरीले गायकविरुद्ध ३५ अन्य उजुरी पाएको थियो । सन् २०१८ मा न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीको अदालतले दुवै भाइलाई दोषी ठहर्याउँदै दुई वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि उनीहरुलाई जमानत दिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *