गुप्तचरका इन्सपेक्टर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर
काठमाडौं । मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ताराबहादुर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ । शुक्रबार विशेष अदालका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको छ । गुप्तचरमा सो पद इन्स्पेक्टर सरहको मानिन्छ ।
कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अनुसन्धानपछि उनले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट आईए गरेको नक्कली प्रमाणपत्र पेस गरेर जागिरमा प्रवेश गरेको भेटिएको थियो ।
अनुसन्धानपछि आयोगले २०७५ जेठ ६ गते विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको भन्दै सजाय माग गरेको थियो । शुक्रबार इजलासले कुँवरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको कसुर ठहर गरेको छ ।







डिसी नेपाल








Facebook Comment