पेस्तोल र गोलीसहित बुटवलबाट १ जना पक्राउ

डिसी नेपाल
३१ भदौ २०७९ १७:००
36
Shares

रूपन्देही । बुटवल–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.