अछाम पहिरोमा परी ६ जनाको मृत्यु, १० जना अझै बेपत्ता

डिसी नेपाल
१ असोज २०७९ ९:५२
28
Shares

काठमाडौं । अछाममा पहिरोमा परेर ६ जनाको मृत्यु भएकको छ। लगातारको वर्षापछि आएको पहिरोले पुरिएर १० जना अझै बेपत्ता छन् ।

जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।

तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका २ घरपरिवारका ९ मध्ये २ जनाको शव फेला परेको अछाममा प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.