यी गायक/गायिका र संगीतकर्मीले संविधान दिवसका अवसरमा पाए विभिन्न पद्वी

डिसी नेपाल
३ असोज २०७९ १३:२१

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज घोषणा गरेको विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा गायक, गायिका र संगीगतकर्मीहरु समेटिएका छन्। राष्ट्रपति भण्डारीले गायक नन्द कृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरेकी छन्।

सुप्रबल जनसेवाश्रीबाट संगीतकार आलोकश्री, संगतीकार दीपक जंगम, गायक आनन्द कार्की र गायिका ज्ञानु राणालाई विभूषित गर्ने घोषणा गरिएको छ। यस्तै संगीतकार मिलन मोक्तान, गायक सिताराम पोखरेल, संगीतकार चेतनाथ सापकोटा (चेतन) र गायिका सत्यकला राईलाई प्रबल जनसेवाश्री दिने घोषणा गरिउको छ।

जनसेवाश्री लोक गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, गायक तथा संगितकार कमल सुनार (सौराग) संगीतकार सन्तोष श्रेष्ठ, संगतीकार दिपक शर्मा र संगीतकार सानु कान्छा शाहीले पाउने भएका छन्।

नेपाल सेवा प्रवीण गायक किरण गजमेरलाई दिइने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *