फरार रामपति २१ बर्षपछि पक्राउ
रुपन्देही । रुपन्देहीमा हत्या घटनाका फरार प्रतिवादी २१ बर्षपछि पक्राउ परेका छन् । हत्या घटनाका फरार प्रतिवादी रामपति अहिर यादवलाई प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको हो ।
२०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्नहरु भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका थिए । रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक रामपति यादव हाल घटनाको २१ बर्षपछि पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको यो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले पनि बिभिन्न मितीमा मुल्तबिमा राखि फैसला गरेको थियो । मुलुकि ऐन २०२० को ज्यानसम्बन्धि महलअनुसार जन्म कैद (२० वर्ष) सजाय भएका रामपति यादवलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई सोहि दिन नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्र ना उ श्यामु अर्यालले बताएका छन् ।







डिसी नेपाल








Facebook Comment