नवरात्रिमा स्वाद र स्वास्थ्यले भरिपूर्ण साबुदानाको खिचडी यसरी बनाउनुहोस्
काठमाडौं । नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ। नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ।
यसपटक यो शारदीय नवरात्रि असोज १० गते सोमबारबाट असोज १९ गते बुधबारमा समाप्त हुनेछ । यस अवधिमा माता दुर्गाका विभिन्न नौ रुपको ९ दिनसम्म पूजा गरिन्छ । माता दुर्गाका भक्तहरूले मातालाई प्रसन्न पार्न ९ दिन व्रत बस्छन् भने कतिपयले पहिलो र अन्तिम व्रत राख्छन् ।
यस्तो अवस्थामा व्रत बस्दा खानुहोस् यस्ता खानेकुरा जसले गर्दा तपाई दिनभर उर्जायुक्त रहन सक्नुहुन्छ । आज हामी तपाईलाई ब्रतको समयमा खादा स्वाद पनि मिठ्ठो परिकार साबुदानाको खिचडी बनाउन सिकाउँने छौ । आउनुहोस्, साबुदाना खिचडी बनाउने रेसिपीका बारेमा जान्नुहोस्।
साबुदाना खिचडी बनाउने सामाग्री:
साबुदाना – 1 कप
आलु – 1 (सानो सानो पिस्मा काटेको )
कागतीको रस – दुई चम्मच
काजु- 1/4 कप
बादाम – 5-6 (कटाई)
करी पात – 5-6
हरियो खुर्सानी – १ ( काटेको )
तोरीको दाना – आधा चम्मच
सिधे नुनु – स्वाद अनुसार
घिउ – 1 चम्चा
कालो मरिच – 2-3 (दाना)
साबुदाना खिचडी बनाउने विधि:
सबैभन्दा पहिला साबुदानालाई ४–५ घण्टा पानीमा भिजाउनुहोस् । त्यसपछि ४–५ घण्टापछि छल्नीको सहायताले पानीबाट निकाल्नुहोस् । त्यसपछि ग्यासमा प्यान राख्नुहोस्। तातो भएपछि यसमा घिउ र तोरीको दाना राख्नुहोस् । त्यसपछि बदाम र काजु थप्नुहोस् र ३–४ मिनेटसम्म फ्राइ गर्नुहोस्।
अब यसमा करी पात र हरियो खुर्सानी हाल्नुहोस्, १ देखि २ मिनेट फ्राइ गरेपछि त्यसमा आलु हाल्नुहोस् । त्यसपछि यसमा सिधे नुनु, काली मिर्च र थोरै पानी हालेर राम्ररी मिलाउनुहोस्।
अब यसलाई ढक्कनले छोप्नुहोस् ताकि आलु सजिलै पकाउन सकियोस्। जब यो पकाइन्छ, यसमा साबुदाना थप्नुहोस्, राम्रोसँग मिलाउनुहोस् र ढक्कन बन्द गर्नुहोस् र ३, ४ मिनेटको लागि कम आगोमा पाक्न दिनुहोस्।
अब तयार भयो साबुदानाको खिचडी । अब यसलाई हरियो धनियाले सजाएर पस्किन सक्नुहुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment