महामारीको रुप लिँदै डेंगु, संक्रमितको संख्या हाल सम्मकै उच्च

बसन्त सापकाेटा
९ असोज २०७९ १३:१६

काठमाडौं । मुलुकभर डेंगुले महामारीको रुप लिदै गएको छ । डेंगु संक्रमणको दर शनिबार हालसम्मकै उच्च देखिएको छ । वि.सं.२०६१ अर्थात सन २००४ मा नेपालमा पहिलोपटक १ जनालाई डेंगु संक्रमण देखिएको थियो ।

त्यस यता वार्षिक रुपमा बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । ६८ जिल्लामा फैलिएको डेंगुबाट त्यस बेला ५ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल यस वर्षमा भने मुलुकभर २२ हजार ९ सय ८८ जनामा डेंगु संक्रमण देखिएको हो । यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च रहेको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार डेंगु संक्रमणले स्वास्थ्य क्षेत्रमा नयाँ रेकर्ड बनाएको छ । डेंगुले ज्यान लिन समेत छोडेको छैन । शनिबारसम्म डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता माधव कुमार श्रेष्ठले लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु संक्रमणबाट जोगिने उत्तम उपाय हो भनेका छन् । ‘डेंगु संक्रमण घटाउन लामखुट्टेको टोकाईबाट बच्नु पहिलो कुरा हो । त्यसबाट सरसरफाई लगायतका कुराहरु आउँछन् ।’, उनले भने । उनका अनुसार डेंगु नियन्त्रणमा आउन अझै दुई महिना लाग्न सक्ने अनुमान गएिको छ ।

सातै प्रदेशका ७६ जिल्लामा देखापरेको डेंगु मुस्ताङ बाहेकका अन्य जिल्लामा देखापरेको छ । शनिबारको तथ्याकं अनुसार सबैभन्दा बढि डेंगुका संक्रमण वाग्मती प्रदेशमा देखिएको छ । जसमा १७ हजार ७ सय ३१ जना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेश २ हजार ८ सय २१, सुदुर पश्चिम ७७७, प्रदेश नंम्बर १ मा ५९१, गण्डकी ५१५, मधेश ३२३, र कर्णाली २३० क्रमश रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयले विभिन्न रोकथामको उपाय अपनाउन भन्दै सूचना जारी गरेता पनि संक्रमणको दरमा कमी आउन सकेको छैन ।

यसका साथै महानगरपालिका, नगरपालिका लगायत विभिन्न निकायहरुले जनचेतना फैलाउने कार्यक्रम गरेपनि डेंगु नियन्त्रण हुन भने सकेको छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *