आग्रिम टिकट बुकिङ ‘फुल’ भएपछि यात्रु मर्कामा

वसन्त सापकाेटा
१२ असोज २०७९ १२:२४
52
Shares

काठमाडौं। दशैंका लागि घर फर्किने यात्रुहरुले आग्रिम टिकट बुकिङ गर्न नपाएपछि समस्या भएको छ। यातायात व्यावसायीले प्रयाप्त सवारी साधनको व्यवस्था नगर्दा राजधानीबाट दशैंमा घर जाने यात्रु मर्कामा परेका छन्।

असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला भएको थियो। तर अहिले सबै टिकट बुक भइसकेको भन्दै यातायात व्यावसायीले टिकट नदिएपछि यात्रु समस्यमा परेका छन्।

नयाँ बसपार्क टिकट काउन्टरमा कार्यरत कमल भुजेल टिकट बुकिङ फुल भएकाले अहिले थप टिकट दिने अवस्था नरहेको बताउँछन्। तर राजधानीबाट बाहिरिने यात्रुका लागि सवारी साधन थप गर्ने यातायात व्यवासायीले जनाएका छन्।

अहिले धेरै सवारी साधन रिजर्भ गरिएको हुनाले पनि सवारी साधनको चाप बढेको हो। ‘म घर जान भनेर टिकट काट्न आएकी थिएँ, काउन्टरमा पुगेपछि उहाँहरुले टिक नभएको बताउनु भयो,’ बुधबार नयाँ बसपार्कमा टिकट काट्न पुगेकी कमला तामाङले भनिन्।’ दशैंको समयमा राजधानीबाट लाखौंको संख्यामा यात्रु बाहिरिने गरेका छन्।

यातायात व्यवसायी सुमन लामाले अहिले टिकट नपाउने समस्या नरहेको दाबी गर्दै आफूहरुले थप यातायातका साधनाको व्यवस्था गर्ने बताए। उनले धेरै यात्रु बाहिरिने घटस्थापनादेखि अष्टमीसम्मका लागि थप सवारी साधनको व्यवस्था गर्ने बताए।

अहिले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य छ। पछिल्ला दुई वर्षमा कोरोनाका कारण चाडपर्वमा घर र्फकन नपाउनेहरु समेत यो पटक घर फर्किने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *