भोटेकोशीका बाढीपीडितका लागि राहत सामग्री बुझाउन सकिने स्थान तय

डिसी नेपाल
१४ भदौ २०८३ १५:३०

काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, सङ्घसंस्था तथा सहयोगी निकायले सरकारले तोकेका स्थानमा सामग्री बुझाउने व्यस्था मिलाएको जनाएको छ।

विदेशबाट हवाईमार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा सङ्कलन गरिएको छ भने आवश्यकताअनुसार सरकारले ती सामग्री प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ। यसका लागि श्रद्धा भट्टराई (विश्व खाद्य कार्यक्रम प्रतिनिधि) : ९८४१८७९२२२ लाई सम्पर्क गर्न सकिने बताइएको छ।

स्वदेशभित्र राहत सामग्री बुझाउने केन्द्र :

१. निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं

सम्पर्क : सशस्त्र प्रहरी निरीक्षक अमर बरामु – ९८५१०६५८७४

२. सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौं

सम्पर्क : हिमविक्रम केसी – ९८५१०८५२०३

३. नेपाली सेना मैथिली ब्यारेक, बट्टार, नुवाकोट

सम्पर्क : आविष्कार – ९८५१२३४३२४

४. नेपाली सेना बैरेनी ब्यारेक, धादिङ

सम्पर्क : दिलीप घले – ९८५११५४२२६

यसका अतिरिक्त इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत समेत राहत सामग्री सहयोग उपलब्ध गराउन सक्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *