नेकपा एसका केन्द्रीय सदस्य विश्वकर्मालाई एमाले प्रवेश

डिसी नेपाल
१४ असोज २०७९ १३:४८
128
Shares

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा आज नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उनी मधेश प्रदेश सभामा नेकपा एसको सचेतक थिए।

अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा लगाई पार्टीमा स्वागत गरे। विश्वकर्मा पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट पुगेका थिए।

उनीसँगै नेकपा एसका केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा मधेश प्रदेश सभा सदस्य सीता गुरूङ, केन्द्रीय परिषद् सदस्यहरू कौशलकिशोर सिंह, महेश विश्वकर्मा, प्रदेश कमिटी सदस्य दशरथ राम, विधा थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी, कलामुदिन अन्सारी, इलियास अन्सारी, नूरहसन हवारी, कवसर अन्सारी, अहमद अन्सारी र अलिजान अन्सारी पनि एमालेमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटव्यूरो सदस्यहरू पुरूषोत्तम पौडेल र अच्युत मैनाली उपस्थित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.