लमजुङमा ७८ जनामा डेंगु संक्रमण

डिसी नेपाल
१७ असोज २०७९ ६:५४
60
Shares

लमजुङ। देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय लमजुङका अनुसार ८ सय २० जनाको परीक्षण गर्दा जिल्लामा ७८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिए तापनि यसको कारणबाट मानवीय क्षति नभएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।

जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठका अनुसार डेंगु लाग्नुको मुख्य कारण जमेको फोहोर पानी र लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डेंगुको रोकथामका लागि सरकारले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *