म्यानचेस्टर युनाइटेडको नाटकीय जित
काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ। बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे। एन्थोनी मार्सियलले एक गोल थपे।
ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे। यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो। जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। ओमोनियो अंक विहीन हुँदै पुछारमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment