नेमकिपाद्वारा भक्तपुर १ मा प्रेम सुवालको उम्मेदवारी दर्ता

डिसी नेपाल
२३ असोज २०७९ १८:५५

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ । यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंपछि उनी यो क्षेत्रबाट निरन्तर विजयी हासिल गर्दै आएका छन् । यसअघिसम्म उनले यो क्षेत्रबाट तीन पटक विजयी हासिल गरेका छन् । यो उनको चौथौ पटकको उम्मेदवारी हो । प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ (ख) (भक्तपुर)मा सुरेन्द्रराज गोसाई रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *