कपिल देवले भने ‘…त्यसो भए आइपीएल नखेल’

डिसी नेपाल
२४ असोज २०७९ ११:४३

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवले यदि खेलाडीहरूलाई इन्डियन प्रिमियर लिग अर्थात् आईपीएलले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यमा असर गरिरहेको छ भन्ने लाग्छ भने त्यो लिगमा नखेल्न सुझाव दिएका छन् ।

क्रिकेटरलाई लगातार म्याच खेल्दा शारीरिक तथा मानसिक थकान महसुस गर्ने विषयमा बहस लगातार बढिरहेको छ । जब ठूला खेलाडी घाइते हुन्छन्, त्यसलाई लिएर निकै रुवावासी हुन्छ । पूर्व कप्तान कपिल देवले पनि खेलाडीलाई कामको बोझबारे महत्वपूर्ण सल्लाह दिएका छन् ।

यदि खेलाडीलाई आईपीएल जस्ता प्रतियोगिताले मानसिक र शारीरिक रूपमा थकित हुन्छ भन्ने लाग्छ भने त्यसबाट बाहिरिनुपर्ने उनले बताए । तर, कपिलले ‘प्रेशर’ भन्ने शब्द सुनेर आफु छक्क परेको बताएका छन् ।

उनले भने, ‘क्रिकेटको जोश छ भने प्रेसर भन्ने कहाँ हुन्छ ?’

सन् १९८३ को विश्वविजेता भारतीय क्रिकेट टोलीका कप्तान कपिलले एक कार्यक्रममा भनेका छन्, ‘आजकाल टेलिभिजनमा धेरै सुन्छु…. यो कस्तो दबाब हो यदि तपाईलाई क्रिकेटप्रतिको लगाव छ भने दबाब हुनु हुँदैन । यी केही अमेरिकी शब्दहरू हुन्, दबाब, अवसाद… मैले यो बुझिन। म किसान परिवारबाट आएको हुँ। हामी रमाइलो खेल्न र रमाइलो गर्न कुनै दबाब हुन सक्दैन।”

कपिलको यो भनाई यस्तो समयमा आएको हो जब धेरै अन्तर्राष्ट्रिय क्रिकेटरहरुले उनीहरुका लागि सबै फर्म्याटमा खेल्न गाह्रो भइरहेको खुलासा गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *