डेंगु बिरामीको संख्या ३४ हजारको नजिक
काठमाडौँ। नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ।
२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन्। डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment