क्लब प्लाटिनका बाउन्सरलाई खुकुरी प्रहार गर्ने दुई जना पक्राउ
काठमाडौँ। काठमाडौँको दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन्।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए। उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो। उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment