बझाङमा एक पुरुष मृत फेला

डिसी नेपाल
२९ असोज २०७९ १९:४२
36
Shares

बझाङ । बझाङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *