राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगीको संक्रमण पुष्टी
पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगी संक्रमण पुष्टी भएको छ। गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगी संक्रमण देखिएको हो।
शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो। चेकजाँचका क्रममा उनलाई डेंगी पुष्टी भएको टीम कोच राजन नेपालीले जानकारी दिए । उनका अनुसार डेंगी पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छिन्।
यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ। संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment