बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
३० असोज २०७९ १७:३४
36
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो भने २ महिना १५ दिन कैदको समेत तोकेको थियो ।

अदालतको उक्त फैसलापछि फरार हुँदै आएका उनलाई नक्सालबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *